बढ्दो चिनियाँ लगानी, नेपालमा कति भित्रियो ?
काठमाडौं १५ फागुन - चालू आर्थिक वर्षको ७ महिनामा १८ अर्ब १७ करोड रुपैयाँ बढी चिनियाँ लगानी नेपाल भित्रिएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा कुल १८ अर्ब १७ करोड ७२ लाख रुपैयाँ चिनियाँ लगानीले नेपालमा व्यावसायिक स्वीकृति पाएको हो ।
मुलुकको पर्यटन, उत्पादन, सेवा तथा कृषि क्षेत्रमा आएको यस्तो लगानीले अधिकतम तीन हजार ८१ जनालाई रोजगारी दिने गरी विविध १०५ परियोजनका लागि विभागबाट स्वीकृति पाएको विभागले जनाएको छ । त्यस्तै १८ अर्ब रूपैयाँमाथिको लगानी एउटै मुलुकबाट आएको र बाँकी १२/ १३ देशबाट समेत सो समयमा उल्लेखनीय मात्रामा लगानी आएको विभागले जनाएको छ ।
पछिल्लो समय नेपाली औद्योगिक क्षेत्रमा चिनियाँ लगानी ह्वात्तै बढेर गएको छ । अघिल्ला वर्षहरूको तुलनामा चालू आर्थिक वर्षमा भारतलाई समेत पछि पार्दै चिनियाँ लगानीले अग्रता लिएको हो । भारतबाट भने ३ अर्ब ८६ करोडमात्र लगानी स्वीकृत भएको छ ।