image
image

नेपालबाट १९ वटा देशमा १ अर्ब १ करोड १२ लाखको छुर्पी निर्यात  

काठमाडौँ, २, माघ । नेपालबाट चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा एक अर्ब एक करोड १२ लाख रुपैयाँको छुर्पी निर्यात गरिएको छ । चालू वर्षको साउनदेखि मंसिरसम्म नेपालबाट उक्त मूल्य बराबरको ६ लाख ३१ हजार किलो छुर्पी निर्यात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार १९ वटा देशमा छुर्पी निर्यात हुँदै आएको छ । कम्बोडिया, क्यानडा, चीन, जर्मनी, हङकङ, इण्डोनेशिया, जापान,कोरिया, युरोपियन मुलुक र अमेरिकी देशमा छुर्पी निर्यात हुँदै आएको छ ।


ती मुलुकले पाल्तु कुकुरको खानाको रूपमा नेपालमा उत्पादित छुर्पी प्रयोग गर्छन् । यस अवधिमा सबैभन्दा धेरै अमेरिकामा ८५ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।