भारतले थाप्यो अड्को, ल्यायो विजुली नकिन्ने कार्यविधि
काठमाडौं, १५ फागुन । नेपालले विद्युतमा लगानी गर्ने विषयमा चीनसँग सम्झौता गर्ने तयारी गरिरहेको बेला भारतले गरेको एउटा निर्णयले सम्झौतामा नै असर पर्ने देखिएको छ । चीन सरकारको लगानीमा तयार भएको विद्युत आयोजनाबाट उत्पादित विद्युत भारत सरकारले खरिद नगर्ने कार्यविधि पारित गरेको हो ।
शुक्रबार उक्त प्राधिकरणले स्वीकृत गरेको सीमापार अन्तर्देशीय विद्युत आयात निर्यात कार्यविधिमा विद्युत सम्झौता नभएका मुलुकको नियन्त्रण र लगानीबाट उत्पादित बिजुलीलाई प्रतिबन्ध लगाएको हो । चीनको नाम कार्यविधिमा उल्लेख नगरेपनि भारतको चीनसँग विद्युत सम्झौता भएको छैन । यसको अर्थ उसको नियन्त्रण र लगानीबाट उत्पादित बिजुली भारतले आयात प्रतिबन्ध लगाएको छ ।
नेपालमा चिनियाँ लगानीमा झण्डै आठ सय मेगावाट विभिन्न जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता पीपीए गर्न लागेको बेला भारतले यस्तो प्रतिबन्ध लगाएको हो । अब चिनियाँ लगानीबाट नेपालमा विद्युत उत्पादन भए नेपालले नै प्रयोग गर्नुपर्ने हुन्छ या चीन या भारतबाहेकको देशले आयात गर्नुपर्ने हुन्छ ।
यद्यपी नेपालले आफ्नो लगानीमा वा भारतसँग सम्झौता भएको कुनै अरु देशको लगानीबाट उत्पादित विद्युत खरिद गर्ने बाटो खुल्ला गरेको छ । नेपालमा बढी भएको विजुली बाहिर देशलाई बेच्ने नेपाल सरकारले नीति बनाएको छ । विजुली बेच्ने नेपालका लागि सबभन्दा महत्वपूर्ण बजार भारत भएकाले सो निर्णयले असर पर्ने देखिन्छ ।