image
image

नेप्सेमा उच्च अंकको वृद्धि, तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

काठमाडौँ २ माघ  ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ६९ अंकले बढेर दुई हजार ९ सय २६ दशमलब ७४ विन्दुमा पुगेको हो ।    


त्यस्तै, आज कारोबार रकममा पनि सुधार आएको छ । ९ अर्ब ६७ करोड ६३ लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ६ अर्ब ६६ करोड ९७ लाख बराबरको कारोबार भएको थियो । 

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, स्ट्याण्डर्ड चार्टर्ड बैंक र किसान लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।      

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुणभ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ३६ करोड ४३ लाख भन्दा बढीको कारोबार भएको छ ।        
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।