image
image

लाइसेन्सको अनलाईन फाराम आजबाट खुल्ला , कसरी भर्ने त ? 

काठमाडौँ। सवारी चालक अनुमति पत्र (लाईसेन्स) को अनलाइन फारम आज (शुक्रबार) बाट खुल्ला भएको छ । अनलाईन फारम खुल्ला भएसंगै बिध्यमान कोटा सिस्टम पनि हटेको छ। यसअघि सर्भरको समस्याले अनलाई आवेदन प्रणली बन्द थियो। 

योसंगै  अब सेवाग्राहीले जुनसुकै बेला अनलाईन फारम भर्न सक्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिएका छन । तथापी फारम भरिसकेपछि त्यहाँ तोकेको मितीमा कार्यालयमा भने जानुपर्ने व्यवस्था छ । 

यातायात व्यवस्था विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै पुस १४ गतेदेखि आवेदन खुल्ला गरेको थियो । आवेदन खुल्ला भएपनि आवेदकको संख्या अत्यधिक भएकाले कोटा सिस्टम लागू गरिएको थियो। जसबाट धेरै सेवाग्राही फारम भर्नबाट बन्चित भएका थिए।  

यस्तै, अनलाइन फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा  https://dotm.gov.np/गई पेज खोल्ने , पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने।

नयाँ पेज देखिएपछि क्याटोगोरीमा गई नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपिमध्ये एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने। व्यक्तिगत विवरण भरेर आफूलाई पायक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने।

त्यसपछि 'एप्लिकेन्ट सेभ्ड् सक्सेसफुल्ली’ देखिन्छ। त्यहाँ ओकेमा क्लिक गर्ने र, अन्त्यमा प्रिन्टमा क्लिक गरेपछि तपाईंको फारम भरिन्छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।