image
image

नेप्सेमा २०.६४ अंकको वृद्धि हुँदा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

काठमाडौँ  ३ माघ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से २०.६४ अंकले बढेर दुई हजार ९ सय ४७ दशमलब ३८ विन्दुमा पुगेको हो ।     

त्यस्तै, आज कारोबार रकममा भने घटेको छ । आज ७ अर्ब ९० करोड १८ लाख बराबरको कारोबार भएको छ । आइतबार ९ अर्ब ६७ करोड ६३ लाख बराबरको कारोबार भएको थियो ।    

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ४५८ रुपैयाँ पुगेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुणभ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ४४ करोड ५४ लाख भन्दा बढीको कारोबार भएको छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।