image
image

विद्युतीय बस खरिद गर्ने जिम्मा साझालाई नै दिने तयारी

काठमाडौँ १५ फागुन- अब सरकारले विद्युतीय बस किन्न फेरि साझा यातायातलाई नै जिम्मा दिने तयारी गरेको छ । सरकारले अब सेयरका रूपमा ३ अर्ब नै साझासँग रहने र उसले क्षमताअनुसार खर्च गर्दै जानसक्ने गरी अख्तियारी दिने तयारी गरेको छ ।

गत वर्ष सरकाले सम्झौता गरिसकेपछि पनि  साझा यातायातलाई बस किन्न रोकेको थियो । तर, बस किन्न दिएको पैसा भने अहिलेसम्म साझाकै खातामा छ । सरकारले सेयरका रूपमा दिएको रकम फिर्ता लिन विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले फेरी सरकारले  साझालाई नै जिम्मा दिन तयारी गरेको हो ।

त्यस्तै सरकारी तयारी अनुसार प्रक्रिया अघि बढे साझाले ज्वाइन्ट भेन्चर गर्न नसक्ने अवस्था छ त्यसैले पनि सरकारले सो निर्णय गरेको बताइएको छ ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।