image
image

किसान लघुवित्तले २५ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ ३ माघ । किसान लघुवित्त वित्तिय संस्थाले आफ्ना लगानीकर्तालाई गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

लघुवित्तको ७७ औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई उक्त बोनस सेयर दिने प्रस्ताव गरेको जानकारी दिएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँको २५ प्रतिशले हुन आउने ९ करोड ८२ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो ।

सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै वितरण हुने छ । यस्तै, बोनस वितरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृती समेत चाहिन्छ । 
 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।