image
image

महिला चेम्बर ट्रेड फेयर २०२१ आयोजना गरिदै

काठमाडौं १५ फागुन । नेपाल महिला  चेम्बर ट्रेड फेयर २०२१ मार्च ८ देखी १० तारिकसम्म संचालनमा आउने भएको छ । शुक्रबार जमल स्थित चेम्बर भवन पत्रकार सम्मेलन आयोजना गरि सो मेला बारे जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा मेला ‘मेड इन नेपाल, मेक इन नेपाल’को थिममा लाजिम्पाट स्थित होटल रेडिसनमा गरिने जानकारी दिइयो ।त्यस्तै मेलामा कलाकारहरुले मिथिला आर्ट लगायतका कला प्रदर्शन समेत गरिने बताएका छन् ।   

सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले उक्त मेला आयोजना गर्नुको उदेश्य महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको प्रबर्द्धन गर्ने रहेको बताउदै मेलाले हस्तकला सामग्री, खाद्य, पहिरन एवम् आभुषण, सौन्दर्य  सामाग्री लगायतका  उत्पादनको व्यवसायीकरण गर्न सहयोग पुग्ने दाबी गरिन ।त्यस्तै अध्यक्ष श्रेष्ठले मेलाबाट महिला उद्यमीहरुले प्रशस्त लाभ हासिल गर्ने जिकिर समेत गरिन ।

त्यसैगरि, उक्त मेला अन्तर्गतको प्रदर्शनी संयोजक तथा महिला चेम्बरकी सचिव लिमा अधिकारीले मेलाको दोस्रो दिन  कामना विकास बैंकले महिला उद्यमीहरुको वित्तिय सशक्तिकरणका लागि अन्तर्कृया कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै ‘व्यापार भिजन’ प्रतियोगिता आयोजना गरि उत्कृष्ट भिजन प्रस्तुत गर्नेहरुलाई पुरस्कृत गरिने जानकारी दिइन् ।

 उपराष्ट्रपति नन्द बहादुर पुनले समुदघाटन गर्ने तय गरिएको उक्त मेलामा खाद्य एवम् पेय, लत्ता कपडा, हस्तकला र सजावटका सामाग्री, किचन सामाग्री, हेल्थ र फिटनेश, कुक वेयर, फेशन प्रडक्ट, ट्राभल एण्ड टुर, इलेक्ट्रीकल र इलोक्ट्रोनिक्स, किडस र बेबी प्रडक्ट, डिजाइनर एसेसोरिज, नक्कली गरगहना र सौन्दर्य सम्बन्धी सय भन्दा बढी स्टल रहने उक्त पत्रकार सम्मेलन माझ जानकारी दिइयो ।  

  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।