image
image

भारतमा १ करोड बढीले लगाए कोरोनाविरुद्धको खोप

भारत । गत जनवरीदेखि सुरु भएको कोरोनाविरुद्ध खोप अभियानमा भारतमा हालसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । खोप लगाउनेमा अधिकांश स्वास्थ्यकर्मी रहेका छन । 

दोस्रो चरणको खोप अभियान भने आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी अधिकारीले दिएको जानकारी अनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाईने छ । त्यसैगरी ४५ वर्ष माथीका दिर्घरोगीलाई पनि कोरोना भाइरसविरुद्धको खोप दिइने अधिकारीको भनाइ छ ।

भारतमा सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क र निजी स्वास्थ्य संस्थामा खोप लगाउनेले भने आफैँले रकम तिर्नुपर्ने व्यवस्था गरिएको छ ।  

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण ११३ जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ४८८ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड १० लाख ७९ हजार पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरस शुरु भएयता हालसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५६ हजार ९३८ जना पुगेको छ । हाल भारतमा एक लाख ५९ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने १ करोड ७ लाख ६३ हजार भन्दा बढी कोराना मुक्त भएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।