थपियो शेयर बजारमा लगानी समूह, होटल्स समूहको नाम परिवर्तन
काठमाडौँ १५ फागुन। आइतवारदेखि नेप्सेले समूहगत परिसूचकमा लगानी समूह थप गर्ने भएको छ । हाल म्यचुअल फण्ड वाहेक ११ समूहगत परिसूचक गणना हुदैं आएकोमा आइताबरदेखि १७ ओटा परिसूचक गणना हुनेछ । साविकको होटल्स समूहको नाम परिवर्तन गरी होटल्स तथा पर्यटन समूह बनाईएको पनि नेप्सेको भनाई छ ।
नेप्सेका प्रबक्ता मुराहरी पराजुलीका अनुसार नेप्सेमा सूचीकृत २१८ कम्पनीहरुलाई १२ समूहगत परिसूचक गणना गरिने भएको छ । यस अघि म्यचुअल फण्डलाई पनि समूहगत परिसूचकमै गणना गरिदै आइएको भएपनि सूचीकृत २१८ कम्पनीभित्र म्चुचुअल फण्ड नरहेको समेत उनले प्रष्ट पारे ।
यस्तै आइतवारदेखि समूहगत १२ परिसूचकसँगै म्युचुअल फण्ड, नेप्से परिसूचक, नेप्से फ्लोट, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिफ फ्लोट गरी १७ परिसूचक गणना गर्न लागिएको हो । नागरिक लगानीकोष, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको लगानी समूह अन्तर्गत कारोबार हुनेछ । नयाँ व्यवस्थाबाट समूह विभाजन र परिसूचक गणनामा थप स्पष्टता आई बजार सम्बन्धि सुचना विश्लेषण गर्न सरोकारवालाहरुलाई सहज हुने विश्वास नेप्सेले लिएको छ ।
नेप्सेले अन्य समूहबाट लगानीसमूहमा सारेका कम्पनीहरु :