आज कुन देशको मुद्रा विनिमयदर कति ? हेर्नुहोस्
काठमाडौँ, ५, माघ। आज बुधबार नेपाली बजारमा नेपाल राष्ट्र बैकंले विदेशि मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज एक अमेरिकी डलरको बिक्रीदर ११९.६२ रुपैयाँ र खरिददर ११९.०२ रुपैयाँ छ । यस्तै, नेपाल राष्ट्र बैंकले आज एक यूरोको बिक्रीदर १३६.३५ रुपैयाँ र खरिददर १३५.६७ रुपैयाँ छ ।
यसैगरी, पाउण्ड स्टर्ललिङको बिक्रीदर १६२.९९ र खरिददर १६२.१८ रुपैयाँ तथा अष्ट्रेलियन डलरको बिक्रीदर ८६.०३ र खरिददर ८५.६० रुपैयाँ छ । एसियाली मुलुकतर्फ सिंगापुर डलरको बिक्रीदर ८८.७१ र खरिददर ८८.२६ तथा १० जापानी ऐनको बिक्री दर १०.४४ र खरिददर १०.३८ रुपैयाँ छ ।
केन्द्रीय बैंकले मलेसियन रिंगटको बिक्रीदर २८.५९ र खरिददर २८.४५ रुपैयाँ तथा १०० कोरियन वनको बिक्रीदर १०.०४ र खरिददर ९.९९ रुपैयाँ तोकिएको छ ।










