बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै कारोबार ?
काठमाडौँ, ६, माघ । आज बिहीबार नेपाली बजार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मुल्य सार्वजनिक गरेको छ । आज विहीबार बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।
हिजो बुधबार प्रतितोला ९२ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा १००० रुपैंयाले बढेर प्रतितोला ९३ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैंयाले बढेर प्रतितोलाको मूल्य १ हजार ३१५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितालो १ हजार २८५ रहेको थियो । तेजावी सुनको मूल्य ९३ हजार २०० रुपैंया पुगेको छ ।









