image
image

मेगा बैंकले कमायो १ अर्ब ३९ लाख बढी नाफा

काठमाडौँ, ७, माघ । मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

वित्तिय विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३० करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ जुन गत वर्षको सोहि अवधिको तुलनामा ७१.६८ प्रतिशतले धेरै हो।


बैंकको खुद ब्याज आम्दानी भने २ प्रतिशतले घटेको छ। सञ्चालन आम्दानी ४ प्रतिशतले घटेको छ। १६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ छ।

बैंकको निक्षेप संकलन ३४ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४ प्रतिशतले बढेर १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ६ पैसा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।