छ महिनामा साढे छ खर्बको आयात
काठमाडौँ माघ ९ : विश्व महामारीको रुपमा फैलिएको कोराना भाइरस कारण देशको अर्थतन्त्र खुम्चिएको छ।
लामो समय सम्मको लाकडाउनले आयात र निर्यात पनि ठुलो असर पुराएको देखिन्छ। लाकडाउनले गर्दा थुप्रै उत्पादित सामानहरु निर्यात हुन नापाएपनि आयातमा भने वृद्धि भएको देखिन्छ।
आर्थिक गतिविधि ठप्प हुँदा आयात निर्यात हुने बस्तुमा उच्चदरले गिरावट आयो । मानिसहरु घरभित्रै थुनिएर बस्नुपर्दा दैनिक अत्यावश्यक बस्तु बाहेक अन्य बस्तुको माग रहेन जसले आयातित बस्तुमा धेरै कमी भयो भने, यता उद्योग कल कारखाना चलाउन आवश्यक कच्चा बस्तु ल्याउन नपर्दा पनि नेपालले आयात गर्ने बस्तुमा निकै कम आयो । जसको असर भन्सार राजश्वमा पुरै देखिएको छ ।
चालू आर्थिक वर्ष २०७७/ ७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको छ महिनाको (साउनदेखि पुस मसान्तसम्म) तथ्याङ्क अनुसार ५ प्रतिशत आयातमा कमी आउँदा ६ प्रतिशतले निर्यातमा वृद्धि भए देखिएको ।
विभागको तथ्याङ्क अनुसार चालू आवको छ महिनाको तथ्याङ्क अनुसार रु छ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ ।
गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ८१ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा रु छ खर्ब ९४ अर्ब ६९ करोड बराबरको विदेशी वस्तुको आयात भएको थियो ।
यसैगरी, ६ महिनाको अवधिमा रु साठी अर्ब ७९ करोड ९९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवधिको र सोही अवधिको तुलनामा ६ दशमलव १४ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।