image
image

शेयर बजारमा सकरात्मक उछाल, एकैदिनमा १०५.५५ अंकको वृद्धि

काठमाडौँ, १६, माघ । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा सकरात्मक उछाल आएको छ। नेपाल स्टक एक्सेन्च (नेप्से) १०५.५५ अंकले बढेको छ । योसँगै नेप्से परिसुचक २८८५.५३ को विन्दुमा उक्लिएको छ। सेन्सेटिभ इन्डेक्स पनि १९.८१ अंकले बढेर ५३८.५३ को विन्दुमा पुगेको छ।

यो दिन विकास बैंक समूह सर्वाधिक ६.६५ प्रतिशतले उकालो लागेको छ। लगानी समूह ६.३६ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २.६० प्रतिशत, वित्त समूहमा ६.३४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.५८ प्रतिशत, जलविद्युत समूहमा ५.६३ प्रतिशत, जीवन बीमा समूहमा ३.४० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.७२ प्रतिशत, लघुवित्त समूहमा ३.२५ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.७५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.३६ प्रतिशत, अन्य समूहमा ३.८७ प्रतिशत र व्यापार समूहमा ४.९८ प्रतिशतको बढोत्तरी आएको छ। नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज अपी पावरको सर्वाधिक २६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको २३ करोड ६२ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एचआईडीसीएलको २३ करोड ३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ९६ लाख रुपैयाँ, अप्पर तामाकोशीको १४ करोड ११ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरको १३ करोड १ लाख रुपैयाँ, शिवम सिमेन्टको १२ करोड ४४ लाख रुपैयाँ, निफ्राको १२ करोड २८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १२ करोड २८ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको ११ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज ५ वटा कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ। यो दिन विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी, शिवश्री हाइड्रो र निफ्राको सेयरभाउमा १० प्रतिशत तथा बुद्ध भूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।