image
image

बलेफी हाइड्रोपावरले माघ २७ गतेबाट आईपीओ निष्काशन गर्ने

काठमाडौँ, २०, माघ ।   बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीको जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख को १० प्रशितशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयरमध्ये उद्योग प्रभावित क्षेत्रमा निष्कासन गर्ने भएको हो । 

यस्तै आयोजनाको १३२ के.भि. प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको बडागातवा र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता शेयर निष्कासन गरिनेछ । सिन्धुपाल्चोक जिल्लाको बाम्पोजनाबाट प्रभावित क्षेत्रमा कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ (साविकको गोल्चे गा।वि।स।, गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता निष्काशन गर्ने भएको छ । 

साथै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ट्ट्ट्याइएको सेयर सम्पूर्ण विकी नभएमा बिक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण (सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुमा समेत) मा निष्कासन गरिनेछ ।

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १२ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले यस आईपीओमा कुमारी बैक जलबिरे शाखा, एनसीसी बैंक बोडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा र लक्ष्मी बैंक खाडिचौर शाखाबाट  कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।