image
image

ज्योति लाइफ र जानकी फाइनान्स सेयर मूल्य नेप्सेमा समायोजन

काठमाडौँ, २४, माघ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ज्योति लाइफ र जानकी फाइनान्सको शेयरमूल्य समायोजन गरेको छ ।लाभांश तथा साधारण सभा प्रयोजनको लागि दुई वटै कम्पनीले माघ २४ गते बुधबार बुक क्लोज तोकेको छ । त्यस अनुसार हिजोसम्म कायम शेयरधनीले मात्रै दुई वटै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।


ज्योति लाइफ नेप्सेले आइतबारको कारोबार बन्द भएपछि कायम शेयरमूल्यको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

ज्योति लाइफको १० प्रतिशत बोनस शेयर पश्चात प्रतिकित्ता ६५० रुपैयाँ मूल्य कायम भएको छ । आइतबार कम्पनीको शेयर ७१५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

जानकी फाइनान्स
जानकी फाइनान्सको  पनि १५ प्रतिशत बोनस शेयर पश्चात ५८८ रुपैयाँ ७८ पैसा कायम भएको छ । फाइनान्सको अन्तिम शेयर कारोबार ६७७ रुपैयाँ १० पैसामा भएको थियो । त्यस अनुसार नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।