image
image

राष्ट्र बैंकले १४ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै

काठमाडौँ, २४, माघ ।  नेपाल राष्ट्र बैंकले १४ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले उक्त ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको छ ।

केन्द्रीय बैंकले माघ २५ गतेबाट जारी गर्न लागेको २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल आउँदो फागुन २४ गते परिपक्व हुनेछ । 

यसैगरी राष्ट्र बैंकले ३६४ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल भने २०७९ माघ २४ गते परिपक्व हुनेछन् । त्यस्तै केन्द्रीय बैंकले ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल आउँदो २०७९ वैशाख २७ गते परिपक्व हुनेछ ।

यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।