image
image

बक्यौता रकम नपाएपछि उखु किसान पुन आन्दोलित 

काठमाडौँ। उखुको बक्यौता रकम सबै नपाएपछि उखु किसानहरु पुन आन्दोलनमा उत्रिएका छन् । सरकारसँग भएको दोस्रो पटकको सहमतिअनुसार उखुको बक्यौता सबै भुक्तानी नपाएको भन्दै किसानले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

गत पुस १३ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसान संघर्ष समितिबीच भएको सम्झौतामा २१ दिनभित्र बक्यौता उपलब्ध गराउने सहमति भएको थियो । सम्झौताको समयसम्म सम्पूर्ण रकम भुक्तानी नभएपछि संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलन घोषणा गरेको हो । 

माघ १० देखि फागुन ७ सम्म किसान जागरण अभियान चलाउने, फागुन ८ देखि १४ सम्म कोलोपट्टी बाँधेर खेतमा काम गर्ने र फागुन १५ देखि २१ सम्म एक छाक भोकै बसेर खेतमा काम गर्ने संघर्ष समितिले जनाएको छ ।

यस अवधिमा पनि भुक्तानी नभए तेस्रो चरणको आन्दोलन घोषणा गर्ने संघर्ष समितिका सचिव हरिश्याम रायले बताए ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।