image
image

मध्यभोटेकोशी जलविद्युत् ७७ लाख भन्दा बढी घाटामा

काठमाडौँ, २६, माघ ।  मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले  चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।  

कम्पनीले हालै सार्वजनिक वित्तिय विवरण अनुसार  चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म  रू. ७७ लाख भन्दा बढी खुद नोक्सानी व्यहोरेको छ । 

यस वर्ष कम्पनीको सञ्चालन घाटा बढेको छ भने खुद नोक्सानी रकममा कमी आएको छ । सञ्चालन घाटा बढेपनि कम्पनीको वित्तीय आम्दानी यस वर्ष ३५०.५२ प्रतिशत बढी भएकाले खुद नोक्सानी रकम ६२.१९ प्रतिशत कम भएको हो । गत वर्ष रू. ४४ लाखभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १ करोड ९९ लाखभन्दा बढी यो आम्दानी गरेको हो । हाल १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण भइरहेको अवस्थामा कम्पनी रू. २ करोड ७६ लाखभन्दा बढी सञ्चालन घाटामा रहेको छ । 

यसै वर्ष सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू.२८ करोड ५ लाखभन्दा बढी ऋणात्मक रहेको छ । 
.
कम्पनीको दीर्घकालिन कर्जा तथा दायित्व रकम गत वर्षभन्दा २४.७४ प्रतिशत वृद्धि भई रू. ६ अर्ब ५५ करोड ६६ लाख पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।