image
image

शेयर बजार आज पनि घट्याे, ३ अर्ब ८२ कराेड रुपैयाँकाे काराेबार

काठमाडौँ, २७, माघ ।   शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । हिजो बुधवार २२ अङ्कले घटेको शेयर बजार आज बिहीवार ११ दशमलव ९६ अङ्कले घट्दै दुई हजार आठ सय एक दशमलव ५६ विन्दुमा झरेको छ ।

आज व्यापार, अन्य र म्याुचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा, माइक्रोफाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २७ कम्पनीको ६९ लाख ५० हजार कित्ता शेयर तीन अर्ब २ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज मिथिला लघुवित्तको शेयर सबैभन्दा धेरै चार प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि नबिल इक्विटी फन्डको शेयर दुई दशमलव ७६ प्रतिशतले बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।