जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा २५ लाख ३८ हजार ६२२ आवेदकको हात खालि, कसरी हेर्ने रिजल्ट ?
काठमाडौँ, १, फागुन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको भएको छ। काठमाडौँको बालुवाटारस्थित टाइम्स स्क्वायर रेस्टुरेन्टमा आज साँझ ५ बजे एक कार्यक्रमबीच धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो।
प्रभु क्यापिटलका अनुसार कुल २७ लाख ९ हजार ८५५ आवेदकबाट २ करोड ३१ लाख ४७ हजार १५० कित्ता शेयर माग भएको हो। जुन हालसम्मकै सर्वाधिक हो। कम्पनीले गत माघ २१ गतेदेखि माघ २५ गतेसम्म कुल ५ लाख २२ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरिएको थियो।
कुल आवेदकमध्ये २५ लाख ८७ हजार ४१२ आवेदकबाट माग भएको ३ करोड ६ लाख ६६ हजार १९० कित्तामात्रै सदर भएको छ। बाँकी आवेदकको आवेदक बदर भएको क्यापिटलले जनाएको छ।
सदर आवेदकमध्ये भाग्यमानी ४८ हजार ७९० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने २५ लाख ३८ हजार ६२२ आवेदकको हात खालि भएको छ।
आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नेपर्ने छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, प्रभु क्यापिटल लिमिटेडको वेभसाइट https://www.prabhucapital.com/, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको वेभसाइट (http://jalpamf.com/) र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।









