image
image

शेयर बजार ५३ अङ्कले बढ्यो, तीन अर्ब २३ करोड ३३ लाख रुपैयाँमा कारोबार

काठमाडौँ, ३, फागुन ।  शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५३ अङ्कभन्दा धेरैले बढेको छ । हिजो साेमवा सामान्य बढेको नेप्से आज ५३ दशमलव तीन अङ्कले बढेर दुई हजार सात सय ५४ दशमलव २८ विन्दुमा पुगेको छ । 

आज सबै समूहको शेयर बढेर हरियो भएकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । 

बजार खुलेदेखि दिउँसो २ बजेसम्म सामान्य घटबढ भएको नेप्से २ बजेपछि तीव्र गतिमा उकालो लाग्न थालेको थियो । २ बजे दुई हजार सात सय आठ विन्दुमा रहेको नेप्से तीन बजे दुई हजार सात सय ५३ विन्दुमा पुगेर बन्द भएको छ । 

आज दुई सय २४ कम्पनीका ६३ लाख ४३ हजार कित्ता शेयर तीन अर्ब २३ करोड ३३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २२ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

आज न्यादी हाइड्रोको शेयर १० प्रतिशत तथा तेह्रथुम पावर कम्पनीको शेयर झन्डै नौ अङ्कले बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।