image
image

राष्ट्र उत्थान लघुवित्तको आइपीओमा आवेदन ओहिरो, २ करोड बढी कित्ता खरिदमाग

काठमाडौँ, ६, फागुन ।  राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन ओहिरो लागेको छ । सिडिएससीका अनुसार शुक्रबार बिहान १० बजेसम्म यो कम्पनीको आइपीओमा मागभन्दा करिब २८ गुणा बढी आवेदन परेको हो । १८ लाख ८९ हजार ७०० आवेदकबाट २ करोड २१ लाख ५१ हजार ६०० कित्ता खरीदका लागि आवेदन परिसकेको छ । 


संस्थाले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको छ भने ०.५ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ। बाँकी ७ लाख ९४ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।  कम्पनीले फागुन ४ गतेबाट जारी पुँजी २६ करोडको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको छ  

आइपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था छन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।