image
image

नेपालसँग ओमान ३९ रनले पराजित

काठमाडौँ, ६, फागुन ।  आएसीसी टी–२० विश्वकप छनौट अन्तर्गत शुक्रबार नेपालले ओमानलाई ३९ रनले पराजित गरेको छ । समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा नेपालले जितका साथ खाता खोलेको हो । टस जितेर ओमानले ब्याटिङका लागि निम्त्याएपछि नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाएका थिए । यस्तै, लोकेश बम र सन्दीप लामिछानेले समान १६–१६ रन बनाए ।

ओमानका लागि खवर अलीले सर्वाधिक तीन विकेट लिए भने बिलाल खानले दुई, फयाज बट र जीशान मकसुदले एक÷एक विकेट हासिल गरे । ११८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ओमानले १७ ओभरमा ७८ रन बनाउँदा आफ्ना सबै विकेट गुमाएको हो । ओमानका लागि नसिम खुशीले सर्वाधिक २४ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओमानलाई धरासायी बनाउने क्रममा कमलसिंह ऐरीले तीन, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई÷दुई विकेट लिए । यस्तै, जितेन्द्र मुखिया र अविनाश बोहोराले एक/एक विकेट हासिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।