image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, ८, फागुन ।  नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ १६ पैसा र बिक्री दर ११९ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

युरोपियन युरो एकको खरिद दर १३५ रुपैयाँ ४३ पैसा र बिक्री दर १३६ रुपैयाँ ११ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ २४ पैसा र बिक्री दर १६३ रुपैयाँ पाँच पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ३८ पैसा र बिक्री दर १३० रुपैयाँ तिन पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


अष्ट्रेलियन डलर एकको खरिद दर ८५  रुपैयाँ ८७ पैसा र बिक्री दर ८६ रुपैयाँ ३० पैसा  छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३१ पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३५ पैसा र बिक्री दर १० रुपैयाँ ४० पैसा  छ भने चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरेबियन रियाल  एकको खरिद दर ३१ रुपैयाँ ७६ पैसा र बिक्री दर ३१ रुपैयाँ ९२ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७३ पैसा र बिक्री दर ३२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९७ पैसा  र बिक्री दर १० रुपैयाँ दुई  पैसा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।