image
image

राष्ट्र उत्थान लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

काठमाडौँ, ८, फागुन ।  राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) को निष्काशन आज बन्द हुँदैछ । कम्पनीले माघ ४ गतेदेखि कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारण लगानीकर्ताका लागि कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५९ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।


प्रतिसेयर एकसय रुपैयाँ अंकित ८ लाख ५० हजार कित्ता सेयरमध्ये १३ हजार कित्ता शेयर (जारी पूँजीको ०.५ प्रतिशत) कर्मचारीहरुलाई र ४२ हजार ५०० कित्ता (कुल निष्काशनको ५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।
फागुन ४ गते निष्काशित सेयर आज आइतबार अर्थात् फागुन ८ गते बन्द हुँदैछ । इच्छुक लगानीकर्ताहरुले आज बेलुका ५ बजेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।