image
image

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

काठमाडौँ, ८, फागुन ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ३ वटा वाणिज्य बैंक र एउटा इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । सनराइज बैंक, बङ्गलादेश बैंक, लक्ष्मी बैंक र गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको हो । 

सनराइज बैंक लिमिटेडको ६.६५ प्रतिशत बोनस बापतको ६३ लाख ९ हजार ४ सय ८३.०९ कित्ता सेयर सूचिकृत भएको छ । यस्तै, नेपाल बङ्गलादेश बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको एक करोड ८ लाख ५ हजार ७ सय ८५.४३ कित्ता सेयर सूचिकृत भएको हो ।

लक्ष्मी बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८५ लाख ५६ हजार ५ सय ५१.८९ कित्ता सेयर सूचिकृत भएको छ । त्यसैगरी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५.५००४ प्रतिशत बोनस बापतको १० लाख ८६ हजार ६ सय ५४ कित्ता सेयर सूचिकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।