image
image

किलोमा रु.१० ले बढ्यो कुखुराको मासुको मूल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ, ८, फागुन ।  राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शनिबारदेखि कुखुराको मासुको मूल्य बढाएको छ । कुखुराको मासुको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको हो ।

शनिबार देखि लागू हुने गरी मासुको उपभोक्ता मूल्य प्रतिकेजी ३६० रुपैयाँ कायम गरिएको छ । यसअघि बोइलर कुखुराको उपभोक्ता मूल्य ३५० रुपैयाँ रहेको थियो ।

नेपालमा हाल कुखुराको मासु तथा अण्डामा आत्मानिर्भर बनिसकेको छ । नेपालमा दैनिक ८ लाख किलो कुखुराको मासुको खपत हुन्छ । जसमा ५ लाख किलो मासु उपत्यकामा नै खपत हुने  गरेको छ ।व्यवसायीले किसानसँग किन्ने दर प्रतिकेजी २६० रुपैयाँ रहेको छ । यस अघि २५० रुपैयाँमा कारोबार भएको भाउमा प्रतिकेजी दश रुपैयाँले वृृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।