image
image

८ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, ९, फागुन ।  नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ९१ दिनमा परिपक्व हुने गरी कुल २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको र १८२ दिनमा परिपक्व हुने गरी कुल ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले सूचना जारी गरी जनाएको छ । यस अनुसार ९१ दिने बिल १० फागुनदेखि सुरु भई १० जेठमा परिपक्व हुने छ । त्यस्तै १८२ दिने बिल १० फागुनमा सुरु भई ७ भदौमा परिपक्व हुने छ ।

 

बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले उक्त बिल खरिद गर्न सक्ने छन् । यी मध्ये बिल खरिद गर्न इच्छुकले सोमबार (आज) दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने केन्द्रीय बैंकले जनाएको छ । मंगलबार भने बिलको बिक्री हुने छ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।