image
image

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट

काठमाडौँ, ९, फागुन ।  साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार दोहोरो अंकले बढेको छ ।  नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार हुने १३ वटै उपसमूह उकालो लागेका छन् । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ । नेप्से ०.९४ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ५.१५ अंकले बढेर ५१८.७९ विन्दुमा झरेको छ । 


कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर बढेको छ ।अन्तिम समयसम्म कारोबारमा आएका कूल २२४ वटा कम्पनीको ४९ लाख ९२ हजार ८ सय ७९ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड ५० लाख १३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज पनि युनाइटेड ईदी मार्दीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ३४ रुपैयाँ ९० पैसा पुगेको छ ।

आज नबिल डिबेञ्चर २०८५ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य १.९५ प्रतिशतले घटेर ८ सय ५७ रूपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।