घट्यो सुनको मूल्य, कतिमा हुदैँ कारोबार ?
काठमाडौँ, ११, फागुन । बुधबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । हिजो अर्थात मंंगलबार प्रतितोला ९७ हजारमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा ५०० रुपैंयाले घटेर प्रतितोला ९६ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो प्रतितोला १ हजार ३१५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १ हजार ३२० रुपैंया कायम भएको छ ।तेजावी सुनको मूल्य आज ९६ हजार कायम भएको छ ।









