image
image

कृषि प्रधान देश कृषिजन्य उत्पादनमै परनिर्भर, २० अर्ब रुपैयाँ बराबरको चामल भित्रियो

काठमाडौँ, ११, फागुन । चालु आर्थिक वर्षको ७ महिना (माघसम्म)मा झण्डै २० अर्ब रुपैयाँको चामल आयात भएको छ । भन्सार विभागको माघ महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा १९ अर्ब ९२ करोड ४३ लाख रुपैयाँको चामल आयात भएको छ ।

गत आर्थिक वर्ष (२०७७/७८)को यही अवधि अर्थात् माघ महिनासम्म भएको चामल आयातको तुलनामा यो ५८ करोड ६४ लाख रुपैयाँले बढीको आयात हो ।

गत आर्थिक वर्षको माघ महिनासम्ममा कुल १९ अर्ब ३३ करोड ७९ लाख रुपैयाँको चामल आयात भएको थियो । त्यस्तै, गत आर्थिक वर्षको पुरै वर्षभरिमा अर्थात् १२ महिनामा ३० अर्ब २३ करोड रुपैयाँको चामल आयात भएको थियो ।

यस आधारमा चामलको आयात बढ्दै गएको देखिन्छ । यो अवधिमा सबै किसिमका चामल गरी कुल ४२ करोड ११ लाख ४८ हजार किलोग्राम अर्थात् ४ लाख २१ हजार १ सय ४८ मेट्रिकटन चामल आयात भएको छ ।

नेपालमा खास गरी खैरो चामल(ब्राउन राइस), ढुटो निकालिएको(पोलिस गरिएको) सेतो चामल, ढुटो ननिकालिएको सेतो चामल र कुड्का चामल(ब्रोकेन राइस) आयात हुने गरेको छ । यिनै प्रकारका चामलको कुल आयात २० अर्ब रुपैयाँ भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

यसबाहेक धानबाटै बन्ने चिउरा र भुजा समेत आयात हुने गरेको छ । चालू आर्थिक वर्षको ७ महिनामा ४ लाख ६० हजार रुपैयाँको चिउरा र १ लाख ७४ हजार रुपैयाँको भुजा(मुरही) समेत आयात भएको देखिएको छ ।

त्यस्तै, नेपालमा भारत तथा तेस्रो मुलुकबाट खास गरी धानको हाइब्रिड बिउ आयात हुने गरेको छ । चालू वर्षको ७ महिनामा धानको बिउ र अन्य धान गरी झण्डै १० अर्ब २५ करोड रुपैयाँ बराबरको आयात भएको देखिएको छ ।

चालु वर्षको साउनदेखि माघ महिनासम्ममा ४० करोड ४१ लाख ६७ हजार किलो अर्थात् ४ लाख ४ हजार १ सय ६७ मेट्रिकटन धान आयात भएको छ ।

नेपालमा सबैभन्दा बढी चामल, चिउरा र धान भारतबाट आयात हुने गरेको छ । यसबाहेक चीन, अमेरिका, दक्षिण कोरिया, जापान, फिलिपिन्स, थाइल्यान्ड जस्ता देशबाट पनि केही परिमाणमा भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।