image
image

६ करोड २५ लाख ठगी गरेको आरोपमा अध्यक्ष र उपाध्यक्ष पक्राउ

काठमाडौँ, ११, फागुन ।  सहकारी संस्थाका निक्षेपकर्ता सदस्यहरूको रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका–३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष र उपाध्यक्षलाई पक्राउ गरेको छ ।

सहकारी सञ्चालक समितिका अध्यक्ष ४२ वर्षीय सुरज बस्नेत र उपाध्यक्ष ५७ वर्षीय शिव पाण्डेलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको रकम सहकारीका सञ्चालकले हिनामिना गरी आफूखुशी संस्थाको खातामा नराखी परिवारका सदस्य र आफन्तका नाममा राखेर १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रुपैयाँ रकम दुरुपयोग गरी भुक्तानी फिर्ता माग्दा सहकारी संस्थामा ताला लगाई फरार रहेको जाहेरीपछि प्रहरीले पक्राउ गरेको हो ।

ब्यूरोले अन्य बचतकर्ताले सहकारीबाट निक्षेप तथा ब्याज रकम नपाई कानूनी कारवाही गर्नुपर्ने भएमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।