image
image

दुई दिन लगातार बढेको शेयर बजार आज फेरी ओरालो लाग्यो

काठमाडौँ, ११, फागुन ।  साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजार ओरोलो लागेको छ । सोमबार र मंगलबार दोहोरो अंकले बढेको बजारले आज भने ओरालो यात्रा तय गरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा झरेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ५.२२ अंकले घटेर ५१७.९३ विन्दुमा झरेको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्यूचूअल फण्ड र हाइड्रोपावर उपसमूहबाहेक बाँकी सबै उपसमूहको शेयर घटेको छ ।अन्तिम समयसम्म कारोबारमा आएका कूल २२८ वटा कम्पनीको ६२ लाख ४७ हजार ७ सय ७४ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब १३ करोड १२ लाख १० हजार २ सय ८२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन पनि नेपाल टेलिकमको नै सर्वाधिक कारोबार भएको छ । टेलिकमको १९ करोड ३७ लाख ८५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार युनाइटेड ईदी मार्दी हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । युनाइटेड ईदी मार्दीको शेयरमूल्य १० प्रतिशतले बढेर एक हजार १० रुपैयाँ १० पैसा र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ५९ रूपैयाँ ७० पैसा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।