image
image

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा पहिलो दिनै ८० लाख बढी कित्ता खरिदमाग

काठमाडौँ, १२, फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ पहिलो दिन नै १० गुणा बढीले आवेदन परेको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार साँझ पौने ६ बजेसम्म  कम्पनीको आईपीओमा ६ लाख ७५ हजार ७६९ आवेदकबाट ८० लाख २७ हजार ३४० कित्ताका लागि आवेदन परेको छ। जुन मागको तुलनामा १०.३६ गुणाले बढी हो। 

कम्पनीको फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ। पहिलो दिन नै मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ अब गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार ७७ हजार ४५६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। यसरी १० कित्ताका दरले सेयरमध्येबाटै २० कित्तामाथि आवेदन दिन तिनै आवेदकमध्ये ३ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। 

संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गर्नेछ। बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

यो आईपीओको निष्कासन बन्द फागुन १५ गते बैंकिङ समयपछि हुनेछ। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउँछन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।