घट्यो सुनको मूल्य, कतिमा हुदैँ कारोबार ?
काठमाडौँ, १५, फागुन । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । शुक्रबार प्रतितोला ९८ हजारमा कारोबार भएको सुनको मूल्य आज तोलामा १४०० रुपैंयाले ओरालो लागेर प्रतितोलाको मूल्य ९६ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलमा ४० रुपैंयाले घटेर प्रतितोलाको मूल्य १ हजार २९५ रुपैंया कायम हुने महासंघले जनाएको हो । शुक्रबार चाँदी प्रतितोला १ हजार ३३५ रुपैंयामा कारोबार भएको थियो । तेजावी सुनको मूल्य ९६ हजार १०० रुपैंया रहेको छ ।









