image
image

बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा लगानी दुवै बढ्यो

काठमाडौँ, १७, फागुन ।  बैंक तथा वित्तीय संस्थाको निक्षेप ४ अर्ब रुपैयाँ बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ४८ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन १३ गतेसम्म कुल ४८ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप थियो। 

यही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले थप ३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। गत फागुन १३ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा फागुन १५ गते बढेर ४६ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि ५ अर्ब रुपैयाँले बढेर ४३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो।

वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँ बढेर फागुन १५ गतेसम्म ४१ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन १३ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ६१ अर्ब रुपैयाँ रहेको थियो।

फागुन १५ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो घटेर ९०।२९ प्रतिशतमा झरेको छ। गत फागुन १३ गतेसम्म औसत सीडी रेसियो ९०.३२ प्रतिशत थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।