image
image

माघ महिनासम्ममा २८ अर्ब बढी रकमको मोबाइल सेट भित्रिए

काठमाडौँ, १७, फागुन ।  चालु आर्थिक वर्षको माघ महिनासम्ममा विभिन्न देशबाट नेपालमा ४० लाखभन्दा बढी मोबाइल सेट आयात भएको छ ।  भन्सार विभागको तथ्यांक अनुसार २०७८ साउदेखि माघ मसान्तसम्मको अवधिमा २८ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रकमको ४० लाख ५ हजार ८०४ थान मोबाइल सेट नेपाल भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सुरुवाती सात महिनामा नेपालले विभिन्न देशबाट २४ अर्ब ६ करोड ८१ लाख ७० हजार रुपैयाँको ४३ लाख ६८ हजार ८७२ थान मोबाइल सेट खरिद गरेको थियो ।  मबाइल सेटको आयातबाट नेपाल सरकारले ४ अर्ब ४९ करोड ११ लाख ९४ हजार रुपैयाँ राजस्व उठाएको छ । 

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले मोबाइल सेट आयतमा ४ अर्ब ३१ करोड ७४ लाख ५७ हजार रुपैयाँ बढी खर्च गरेको छ । 

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल सेट खरिद गरेको थियो । सो मुल्यमा नेपालमा ७० लाख ३० हजार ३६६ थान मोबाइल सेट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।