image
image

युक्रेन र रसियाबाट माघसम्म १८ अर्ब ७३ करोड बढीको सामान आयात

काठमाडौँ, १७, फागुन । युक्रेन र रसियाबाट माघसम्म १८ अर्ब ७३ करोड भन्दा बढीको सामान आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार दुई देशबाट माघसम्म १८ अर्ब ७३ करोड ६२ लाख रुपैयाँको सामान आयात गरेकोमा नेपालबाट १५ करोड २६ लाख ८६ हजार रुपैयाँ बराबरको मात्रै सामान निर्यात भएको छ। दुवै देशसँगको ७ महिनाको संयुक्त व्यापार घाटा १८ अर्ब ५८ करोड ३५ लाख २७ हजार व्यापार घाटा रहेको छ। 

युक्रेनबाट १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँबाट सामान आयात गरेको छ भने नेपालले युक्रेनमा १५ लाख ७८ हजार रुपैयाँको मात्रै सामान निर्यात गरेको छ । युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको ५ करोड ७३ लाख ६४ हजार लिटर कच्चा सूर्यमुखी खाने तेल आयात भएको छ। कोल्जाको बिउ ३ अर्ब ९५ करोड रुपैयाँको आयात भएको छ। भटमासको कच्चा तेल पनि ७९ करोड ४७ लाख रुपैयाँ बराबरको आयात भएको छ। युक्रेनमा २ लाख ८४ हजार रुपैयाँ बराबरको कार्पेट, १ लाख ९३ हजार रुपैयाँ बराबरको यार्सागुम्बा, १ लाख ६१ हजार रुपैयाँ बराबरको चियालगायतका सामाग्री निर्यात भएका छन्।नेपालबाट मुख्यतया कार्पेट, चिया, पश्मिना, यार्सागुम्बालगायतका सामानहरु निर्यात भएका छन्।

त्यसैगरी, रसियाबाट ४ अर्ब ३१ करोड २८ लाख ५२ हजारको सामान आयात गरेको छ भने रसियामा १५ करोड ११ लाख ७ हजार रुपैयाँ बराबरको सामाग्री निर्यात गरेका छौं। रसियाबाट सबैभन्दा बढी आयात १ करोड ५२ लाख २८ हजार ४ सय ५७ लिटर कच्चा सुर्यमुखी खाने तेल २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरको आयात भएको छ भने ७८ लाख ४५ हजार १ सय किलो तोरीको दाना ७५ करोड ३० लाख रुपैयाँ बराबरको आयात भएको छ। रसियामा ७ करोड ३९ लाख ३२ हजार रुपैयाँ बराबरको कार्पेटका वस्तुहरु, चिया ६ करोड १३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।