image
image

डीम्याट खाता खोल्नेको संख्या ५० लाख नाघ्यो

काठमाडौँ, १७, फागुन । सेयर बजारमा  पछिल्लो समय लगानीकर्ताको संख्या उल्लेख्य बढेको छ।  सीडीएस एण्ड क्लियरिङका अनुसार हितग्राही (डीम्याट) खाता खोल्नेको संख्या ५० लाख नाघेको छ।  केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) का अनुसार मंगलबारसम्म डीम्याट खाता खोल्नेको संख्या ५० लाख ७ हजार २४२ पुगेको छ। यस्तै मेरो सेयर खाता खोल्नेको संख्या ४१ लाख १९ हजार २१ पुगेको छ।

यस्तै बुधबारसम्म ८ अर्ब २० करोड ३८ लाख २३ हजार८८२ कित्ता सेयर विभिन्न व्यक्तिका डीम्याट खातामा जम्मा भएको छ। पुँजी बजार प्रविधिमैत्री भएपछि आमलगानीकर्ताको आकर्षण बढ्न थालेको हो। 

धितोपत्र बजारमा धितोपत्रको कारोबारका साथै आइपीओको आवेदनमा डिम्याट खाता अनिवार्य बनाइएको छ। जसका कारण खाता खोल्नेको संख्या बढेको हो।  डीम्याट खाता नभएकाहरुले दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन्। 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।