आज कुन देशको मुद्रा विनिमयदर कति ?
काठमाडौँ, १८, फागुन । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २५ पैसा र बिक्री दर १२० रुपैयाँ ८५ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिद दर १३४ रुपैयाँ ४८ पैसा र बिक्री दर १३५ रुपैयाँ १५ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ २३ पैसा र बिक्री दर १६२ रुपैयाँ ०३ पैसा कायम छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३९ पैसा र बिक्री दर ८७ रुपैयाँ ८२ पैसा छ । आज क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३१ रहेको छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ५ पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।









