image
image
एकै दिन तोलामा १९ सय रुपैयाँले बढ्दै सुनको भाउ, कतिमा हुदैँ कारोबार ?

एकै दिन तोलामा १९ सय रुपैयाँले बढ्दै सुनको भाउ, कतिमा हुदैँ कारोबार ?

काठमाडौँ, १८, फागुन ।  नेपाल सुनचाँदी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ । आज एकै दिन तोलामा १९ सय रुपैयाँले बढ्दै सुनको भाउ करिब १ लाख नजिक पुगेको हो । महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ कायम भएको जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

 मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ थियो । रुस र युक्रेनबीच चलिरहेको युद्धको असर विश्वबजारमा परेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो । सुनसँगै पेट्रोलियम पदार्थको मूल्य समेत निरन्तर उकालो गतिमा छ ।

यसका साथै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ । हिजो मंगलबार तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।