image
image

बुधबार शेयर बजारमा पहिरो, सबै उपसमुह राताम्मे

काठमाडौँ, १८, फागुन ।  साताको चौथो दिन (बुधबार) शेयर बजारमा पहिरो गएको छ । गत बुधबारदेखिको ओरालो लागेको शेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६३.९८ अंकले घटेर २५४६.६० विन्दुमा पुगेको छ । नेप्से २.४५ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ११.५२ अंकले घटेर ४८८.६९ विन्दुमा झरेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहको शेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ ।अन्तिम समयसम्म कारोबारमा आएका कूल २२८ वटा कम्पनीको ७६ लाख ५२ हजार २ सय ४ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९ सय ७९ रूपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै, बुधबार कारोबारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अब्बल छ । कम्पनीको १६ करोड १८ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको शेयरमूल्य ४ प्रतिशतले बढेर ५ सय ७२ रूपैयाँ पुगेको छ ।

यस दिन हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ८.२६ प्रतिशतले घटेर ६ सय ३१ रूपैयाँ कायम भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।