image
image

७ महिनामा जीवन बीमा कम्पनीले उठाए ८१ अर्ब 'बीमा शुल्क', कुन कम्पनीको कति ?

काठमाडौँ, १९, फागुन ।  चालु आर्थिक वर्ष (आव) २०७८/७९ को ७ महिनाको अवधिमा  जीवन बीमा कम्पनीहरुले कुल ८१ अर्ब ३० लाख रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांक अनुसार सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन्।

जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्जन गरेको छ। कम्पनीले चालू आव ७ महिनासम्मको अवधिमा २१ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो। 

त्यस्तै दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड रहेको छ। कम्पनीले चालू आवको ७ महिनाको अवधिमा ९ अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो। सबैभन्दा कम बीमा शुल्क महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्जन गरेको छ। यो कम्पनीले ७ महिनाको अवधिमा ८१ करोड रुपैयाँ मात्र बीमा शुल्क आर्जन गरेको हो। 

 

त्यसैगरी, चालू आवको माघ मसान्तसम्म राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ४२ करोड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ अर्ब ८९ करोड, मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ अर्ब ९ करोड बीमा शुल्क उठाएका छन् । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ३ करोड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ८६ करोड, सूर्या लाइफ इन्स्योरेन्सले २ अर्ब ८३ करोड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ९६ करोड शुल्क उठाएका छन्। 

यस्तै आइएमई लाइफले १ अर्ब ९० करोड, युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ८२ करोड, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९६ करोड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ३९ करोड बीमा शुल्क उठाए।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ६४ करोड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ३० करोड, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ९७ करोड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ३३ करोड र प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।