image
image

९३ मा किनेको पेट्रोल १५० मा बेच्दा ,१६ रुपैयाँ घाटा

काठमाडौँ, २०, फागुन ।  सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बिहीबार बसेको  नेपाल आयल निगम सञ्चालक समितिको  बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ तय गरिएको । पेट्रोलियम पदार्थको यो मूल्य नेपालको इतिहासकै उच्च मूल्य भएको छ ।


पूर्वाधारका नाममा प्रतिलिटर १५ रुपैयाँ कर थपिए पनि त्यस्तो बचत सरकारी कोषमा छैन । सुरुमा बूढीगण्डकी जलविद्युत् परियोजनाका नाममा रकम उठाउन थालिए पनि यो परियोजना सुरु भएको छैन । आईओसीबाट ९३ रुपैयाँ ७६ पैसामा खरिद गरेको पेट्रोलमा ५९ रुपैयाँ ४८ पैसा र ९४ रुपैयाँ १२ पैसामा खरिद भएको डिजेलमा ४२ रुपैयाँ १६ पैसा कर लाग्छ । त्यस्तै ८८ रुपैयाँ ८३ पैसामा किनिएको मट्टीतेलमा १३ रुपैयाँ ३६ पैसा र १६४१ रुपैयाँ २३ पैसामा खरिद गरेको ग्यासमा २८० रुपैयाँ ३० पैसा कर लाग्ने गरेको छ । त्यसबाहेक निगमको खर्च, ढुवानी भाडा, पेट्रोलियम विक्रेता खर्च र मुनाफासहित जोडेर बिक्री मूल्य तय हुन्छ ।

यसरी ९३ रुपैयाँमा किनिएको पेट्रोलमा सरकारले मात्र ५९ रुपैयाँ कर लिने गर्दछ । ९३ रुपैयाँमा किनेको पेट्रोल १५० रुपैयाँमा बेच्दासमेत आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ नोक्सानी हुने निगमले जनाएको छ । अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य अस्वाभाविक रूपमा बढिरहेको छ त्यसैले अब सरकारले लिने गरेको करमा केहि छुट दिनसके मात्र उपभोक्ताले केहि सहुलियत पाउने देखिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।