image
image

शिभम् सिमेन्टले आईपिओ जारी गरेको ३ वर्ष पुरा, आजबाट शेयर बिक्री गर्न पाउने

काठमाडौँ, २२, फागुन ।  शिभम् सिमेन्टले आजबाट संस्थापक शेयर बिक्री गर्न पाउने भएको छ । कम्पनीले आईपिओ जारी गरेको आज तीन वर्ष पुरा भएपछि शेयर बिक्री गर्न पाउने भएको हो । 

२०७५ साल फागुन २२ गते आईपिओ बाँडफाँड गरेको उक्त कम्पनीको आजबाट लाखौं कित्ता शेयर बिक्रीका लागि खुल्ला भएको छ । आईपिओ जारी गरेपछि तीन वर्षसम्म संस्थापक शेयर बिक्री गर्न नपाउने व्यवस्था आजबाट हटेको छ ।

तीन वर्ष पुगेसँगै कम्पनीको तीन अर्ब ८७ करोड २० लाख रुपैयाँ बराबरको तीन करोड ८७ लाख २० हजार कित्ता संस्थापक शेयर बजारमा बिक्रीका लागि योग्य भएका छन् । कम्पनीको सात करोड ८५ लाख ३८ हजार ५०० रुपैयाँ बराबरको सात लाख ८५ हजार ३८५ कित्ता शेयर आयोजना प्रभावितहरुलाई वितरण गरिएको थियो । यस्तै दुई लाख २० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । उक्त सबै शेयर आजबाट बिक्री खुल्ला भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।