image
image

७ महिनामा २५ अर्ब २१ करोडको सुन आयात

काठमाडौँ, २२, फागुन ।  सुनको मूल्य बढ्दै जाँदा आयातमा सुनको हिस्सा बढ्दै गएको छ । भन्सार विभागको माघसम्मको तथ्याँक अनुसार सबैभन्दा बढी आयात हुने बस्तुमा सुन ९ औं स्थानमा रहेको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा २५ अर्ब २१ करोड रुपैयाँको सुन आयात भएको छ । गत आर्थिक वर्षमा २७ अर्ब ३४ करोड रुपैयाँको सुन आयात भएको थियो ।

पछिल्लो समय रुस र युक्रेनको युद्धले गर्दा अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएको छ । विश्व बजारमा सुनमा गरिएको लगानीलाई सबै भन्दा सुरक्षित मानिने गर्छ । त्यसैले पनि अन्य क्षेत्रमा लगानी गर्न छाडेर सुन खरिद गर्न थालिएकोले सुनको माग बढ्दो क्रममा छ । यसले गर्दा भाउ दैनिक रुपमा बढ्दै गएको छ ।यस्तै यसअघि १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको भाउ आज सोहि विन्दु नजिक पुगेको छ । आइतबार सुनको भाउ प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ । 

पछिल्लो तथ्याँक अनुसार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स १ हजार ९७० डलरमा कारोबार भइरहेको छ ।

नेपालमा पनि सुनको भाउ अन्तराष्ट्रिय बजारको आधारमा नै तय हुने हुँदा यहाँ पनि सुनको भाउ लगातार बढ्दै गएको व्यवसायीहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।