image
image

नेप्सेमा ३.६६ अंकको गिरावट, १०१ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौँ, २२, फागुन ।  शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार करिब ३.६६ अंकले घटेर २ हजार ५ सय ४३.३९ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.१४ प्रतिशतले कम हो ।

उक्त दिन कारोबारमा आएकामध्ये १ सय १ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७८ वटा कम्पनीको बढेको छ । बाँकी १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

आइतबार ४५ हजार ६ सय २२ वटा कारोबारमार्फत ५१ लाख ३९ हजार २ सय ३९ कित्ता शेयर किनबेच भए । ती किनबेचबाट २ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । गत बिहीबार शेयर बजारमा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

परिसूचक घटेसँगै शेयर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३६ खर्ब ७ अर्ब रुपैयाँ कायम भएको छ । गत विहीबार कुल बजार पुँजीकरण ३६ खर्ब ९७ अर्ब रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।